Pages

Tuesday, January 8, 2013

भेगामा रहेको क्षुद्रग्रहको प्रमाण

अन्तरिक्ष विदहरुले राति दक्षिणी आकाशमा देखिने दोस्रो चम्किलो तारा जसको नाम भेगा हो उक्त ताराको वरिपरी रहेको विशाल क्षुद्रग्रहहरुमा के हुन्छ भन्ने कुरा पत्ता लगाएका छन् । वैज्ञानिकहरुले उक्त कुरा पत्ता लगाउन नासाको स्पिट्जर स्पेस टेलिस्कोप र युरोपियन स्पेस एजेन्सीको हेस्र्कल स्पेस अब्जर्भेटरीको सहयोग लिएका थिए जसमा नासाले महत्वपूर्ण भूमिका खेलेको थियो ।
भेगामा रहेको क्षुद्रग्रहहरु

भेगा तारामा रहेको उक्त क्षुद्रग्रहको रिङ र फोमल हट तारासँग मिल्दोजुल्दो रहेको छ । जुन रिङ हाम्रो सौर्यमण्डलमा रहेको क्षुद्रग्रह र कुइपर बेल्टसँग पनि मिल्दो जुल्दो छ । वैज्ञानिकहरुको तथ्याङ्कअनुसार दुवै ताराहरुमा इन्नर, वार्म र कुल गरी तीन ओटा क्षुद्रग्रहको घेरा रहेको छ ।
अब यहाँ प्रश्न के छ भने वार्म र कूल घेराबीचको दुरी कसरी बनिएको हो ? अनुसन्धानको तथ्य अनुसार उक्त घेरा बहुग्रहीय प्रणालीबाट बनिएको हो । हाम्रो सौर्य मण्डलमा रहेको क्षुद्रग्रहको घेरा जुन मंगल र बृहस्पतिबीच रहेको छ उक्त क्षुद्रग्रहको घेरा विशाल ग्रहहरु र टेरिस्टोरियल ग्रहहरुले गर्दा बनिएको हो ।

0 comments:

Post a Comment

Powered by Blogger.